Go Back
Share to:
अद्यावधि
Rupandehi District अद्यावधि गरिएको / सच्चाइएको :

गैडहवा ताल (२०० मि) : गैडहवा गापा-४ विष्णुपुरास्थित गैडहवा ताल (विष्णुपुरा ताल) रूपन्देही जिल्लाकै सबैभन्दा ठुलो ताल (झण्डै ८०-८५ बिगाहा) हो। सिमसार क्षेत्रमा सुचिकृत मानव निर्मित यो विशाल तालको जलाशय मात्र करिब ५० बिगाहा भन्दा बढि रहेको छ। पहिले गैँडाहरू आहाल बस्ने भएकाले यसलाई गैँडाताल (गैडहवा) भनिएको स्थानीय भनाइ छ । यसै तालको नामबाट गाउँपालिकाको नामकरण गरिएको हो। पछिल्लो समय तालको वरिपरि ट्रयाकमार्ग निर्माण गरिनुका साथै तालमा डुङ्गा (स्टिमर) पनि सञ्चालन गरिएको छ। जैविक विविधताका साथै पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण यो तालमा विविध अन्य पर्यटकीय संरचनाहरू निर्माण हुने क्रममा छन्। विगतमा अतिक्रमणको चपेटामा परेको यो ताल क्षेत्रमा एक सरकारी अध्ययन अनुसार २०० भन्दा बढी प्रजातिका चराचुरुङ्गी र २० प्रजातिका घस्रने जिवजन्तु पाइन्छन्। यहाँ प्रायः सबै सिजनमा साइबेरियन चराहरूको भीड लाग्दछ । तीन तिरबाट जंगलले घेरिएको यो तालको उत्तरपट्टि लोपोन्मुख गिद्धहरूको संरक्षण गर्ने हेतुले 'जटायु रेष्टुरेण्ट' स्थापना भएको छ । सूर्यास्तको मनोरम दृश्यका लागि पनि ताल क्षेत्र उपयुक्त मानिन्छ। गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट करिब १२ किमि मात्र उत्तर तथा बुटवलबाट ३२ किमि दक्षिणपश्चिममा अवस्थित यो ताल क्षेत्रमा पर्यटकका लागि मौलिक स्थानीय संस्कृति र स्वाद पस्किने घरबास (होमस्टे) कार्यक्रम पनि सञ्चालन गरिएको छ ।

Updated On: May 04, 2026
Copyright©2024. | All Rights Reserved.
Designed & Developed by App Technologies